लम्पी स्किन महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरिएको छः मन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

लम्पी स्किन महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरिएको छः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । त्यस्तै महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताउनु भयो । उहाँले प्रदेशहरुले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले बिनियोजन गर्ने प्रक्रिया अगाडी बढाएका बताउनु भयो ।

मन्त्री भुसालले बिगत ५ महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताउनु भयो । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराउनु भयो । हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका उल्लेख गर्नुभयो । उहाँले हालसम्म जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा ७ लाख ६ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको बताउनु भयो ।

लम्पिस्किन रोग नियन्त्रणका लागि तिनै तहको सरकारबिच समन्वयमा काम भइरहेको बताउनु भयो । आवश्यक प्रचारप्रसारको काम पनि भइरहेको उहाँले स्पष्ट पार्नुभयो । आवश्यक पशु चिकित्सकपनि खटाइएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);