काठमाडौँ, २९ असार । आज पनि प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् अन्तर्गतको सङ्घीय संसद् भवनमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने आजको बैठकको कार्यसूची छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची सचिवालयले जनाएको छ ।