पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक आस्थासँग गाँसेर हेर्न मिल्दैन : थापा | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक आस्थासँग गाँसेर हेर्न मिल्दैन : थापा

kamal thapa

काठमाडौं, २७ पुस । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापालेले पृथ्वीनारायण शाहको योगदान र सम्मानको विषयलाई कुनै राजनीतिक आस्थासँग गाँसेर हेर्न नहुने बताएका छन् ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित चियापान समारोहमा उपस्थित अतिथिलाई स्वागत गर्दै उपप्रधानमन्त्री थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक आस्थासँग गाँसेर हेर्न नहुने बताएका हुन् ।

सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने घोषणा गर्दै सार्वजनिक विदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उहाँको सम्मान गरेकाले अव पृथ्वी जयन्ती विवादको विषय नरहेको मन्त्री थापाले उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा , उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, पुर्व मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवासचन्द्र नेम्वाङ लगायतको सहभागीता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);