दार्चुलामा मह उत्पादन नभएपछी कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दार्चुलामा मह उत्पादन नभएपछी कृषक चिन्तित

बासुदेव बढु
दार्चुला, २७ पुष । असोज, कात्तिक र मंसिर महिना मह उत्पादनका लागि अनुकुल समय मानिन्छ। तर, प्रतिकुल मौसमका कारण यो वर्ष दार्चुलामा मह उत्पादन हुन सकेको छैन । मह उत्पादन नभएपछि कृषकहरु चिन्तित भएका छन् ।

समयमा पानी नपर्र्नु, वायु प्रदूषण र स्थानीय तहले कृषि विकास कार्यालयमार्फत सेवा प्रवाह गर्न नसक्दा मह उत्पादन हुन नसकेको कृषकको गुनासो छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष ५५ क्विन्टल मह उत्पादन भएको थियो । विगतमा प्रतिघार १० किलोसम्म मह उत्पादन गर्ने कृषकका घार यसपटक खालि छन् ।

कृषकले प्रतिकिलो महको आठ सय ५० रुपैयाँसम्म लिने गरेका छन् । कृषिजन्य वस्तु खरिद तथा बिक्री केन्द्रले पनि यो वर्ष कृषकले मह बेच्न नल्याएको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकहरुलाई प्रवाह गरिने सेवा अनुदान तथा प्राविधिक सहयोग स्थानिय तहलाई जिम्मेवारी दिएको जनाएको छ । तर स्थानीय तहले सेवा प्रवाह नगरेको मौरी पालक कृषकको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);