महिलालाई करणी गरी गरगहना र नगद चोरी गर्ने हमाल पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

महिलालाई करणी गरी गरगहना र नगद चोरी गर्ने हमाल पक्राउ 

rape n arrest
बागलुङ,२८ असार । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । गुल्मी कालिगण्डकी गाउँपालिका–७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
हमालले ती महिलालाई बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित जंगलमा सोमबार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै हमालले जैमिनी नगरपालिका–४ रातोबारी बस्ने याम बहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);