काठमाडौं, २७ असार । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । समितिका बैठमा समितिगत विषयहरुमा छलफल हुनेछ ।
अर्थ समितिमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयसँग छलफल हुनेछ भने उद्योग समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।





