काठमाडौं, २७ असार । गत असार २० गते राति मोरङ विराटनगर–४ दुधफारम स्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई कुट्ने आयुश भेटुवाललाई प्रहरीले पक्राउ गरेको छ । भेटुवाल मंगलबार पक्राउ परेका हुन् ।
विपरीत दिशाबाट जाँदै गरेको बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुष भेटुवाल,कुशल भेटुवाल र रोशन कार्की समेत ३ जनाले उक्त साईकल चालकलाई अचानक कारबाट झरी मुक्का प्रहार गरी लडाएर घिसारी घाइते बनाएको भिडियो सार्वजनिक भएको थियो ।
पीडकहरू मध्ये आयुष भेटुवाललाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडी बढाइएको छ भने सोही घटनामा संलग्न अन्इ २ जना फरार छन् । उनीहरुको खोजतलास गरिरहेको जनाइएको छ ।