नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छः उपसभामुख राना | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ ।

असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भइ नेपाल फर्किएपछि मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरुलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालमा पनि आफ्ना स्थानीय उत्पादनहरु ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँको लोकल प्रोडक्टलाई बढी उहाँहरुले अग्र्यानिक चकलेटहरु बनाएर ब्राण्डिङ गरेर विश्वमा पु¥याएको देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सी सेतो, कोदो, अन्नबाट बनाएर ब्राण्डिङ गरेर पठाउने रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्राण्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’

भ्रमणबाट उपसभामुख राना नेतृत्वको संसदीय टोली असार २५ गते राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);