कलाकार र युट्युबर सहित ११ जनाविरुद्ध मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

कलाकार र युट्युबर सहित ११ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अनलाइन (वान एक्स बेट) मार्फत जुवा खेलाउने र त्यसको प्रचार गर्ने ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

हास्य कलाकार, युट्युबर सहित २० जना पक्राउ परेको यस घटनामा ११ जनाविरुद्ध मात्र मुद्दा दायर भएको हो ।

उनीहरूविरुद्ध ३ देखि ११ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का, उनकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई काठमाडौं बस्ने २९ वर्षीय अनिता धितालविरुद्ध मुद्दा दर्ता भएको छ ।

यस प्रकरणका मुख्य योजनाकार खड्का दम्पतीले क्रिप्टो करेन्सीको पनि कारोबार गर्दै आएका थिए । उनीहरूविरुद्ध कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० कायम गरी मुद्दा दर्ता भएको छ ।

साथै, अन्य कलाकार र युट्युबरलाई भने विज्ञापन नियमन ऐन २०७६ अनुसार यस्तो कसुरमा मुद्ध चलाईएको बुझीएको छ । विज्ञापन नियमन ऐन अनुसार यसमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);