सुडानमा हवाई आक्रमणमा २२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सुडानमा हवाई आक्रमणमा २२ जनाको मृत्यु

death body

एजेन्सी, २४ असार । सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वकाबीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला भएको बताईएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

¥यापिड सपोर्ट फोर्स आरएसएफले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ । समाचार अनुसार सुडानमा सरकारी सेना र अर्धसैनिक बल (¥यापिड सपोर्ट फोर्स) बीच विगत केही समयदेखि घातक द्वन्द्व चलिरहेको छ । जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन् । सुडानको राजधानी खार्तुम र ओमदुरमान आरएसएफको नियन्त्रणमा रहेको छ ।

१२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले अनेकौँ समस्या भोग्दै आएका छन् । पसल, बजार र औषधि पसल पनि अधिकांश समय बन्द रहने गरेका छन् । द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको तथ्याङक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);