कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला फैसला ? | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, कस्तो आउला फैसला ?

काठमाडौं, २४ असार । कोशी प्रदेशको भर्खरै गठन भएको नयाँ सरकार अवैधानिक भएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार सर्वोच्च अदालतमा  रिट दर्ता गराएका हुन् । कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ ।

थापालाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका हुन् ।

गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । तर, सभामुख जोडेर बहुमत पु¥याउन नहुने एमालेले जिकिर गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);