विश्व बैंकको कालोसूचीमा परेको ट्रयाकटेबल इन्जिनियरिङलाई ल्याएर आयोजना संकटमा पार्ने चलखेल | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

विश्व बैंकको कालोसूचीमा परेको ट्रयाकटेबल इन्जिनियरिङलाई ल्याएर आयोजना संकटमा पार्ने चलखेल

माथिल्लो तामाकोशीमा परामर्शदाता छनोट प्रक्रिया

काठमाडौं, २२ असार । माथिल्लो अरुण जलविद्युत आयोजनामा परामर्शदता कालो सूचीमा परेको कम्पनी ट्रयाकटेबल इन्जिनियरिङलाई बनाउन भित्री चलखेल भइरहेको छ । एक हजार ६१ मेगावाटको गौरवशाली आयोजनामा बेल्जियम मुकाम रहेको ट्रयाकटेबल इन्जिनियरिङले भारतको वापकोस लिमिटेडसँग मिलेर संयुक्त रुपमा परामर्शदाता छनोटको प्रतिष्पर्धामा सहभागिता जनाएर छनोटका लागि चलखेल बढाएको हो ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि परामर्शदाता छनोटका लागि १ डिसेम्बर २०२२ मा ग्लोबल टेन्डर आव्हान भएको थियो । २२ मार्च २०२३ मा टेन्डर दर्ताको समय सकिएको छ । ट्रयाकटेबल इन्जिनियरिङले कालो सूचीमा परेको तथ्यहरु लुकाएर प्रारम्भिक छनोटको प्रक्रिया बढाउँदै अन्तिम छनोटमै पार्न खोजिएको तथ्य पत्ता लागेको छ । विश्वस्त स्रोतका अनुसार ट्रयाकटेबल इन्जिनियरिङले शक्तिकेन्द्रमा पहुँच बनाएर परामर्शदाता छनोट हुन चलखेल बढाएको छ । विवादास्पद कम्पनीलाई परामर्शदाता बनाउन खोज्नुमा ठूलै स्वार्थी समूह सक्रिय छ । उक्त कम्पनी भ्रष्टाचारजन्य गतिविधि गरेको पुष्टि भएर कालोसूचीमा परेको छ । कतिपय देशमा सदाका लागि प्रतिबन्धमा परेको छ । विवादास्पद कम्पनी परामर्शदाता छनोट भएमा आयोजना ढिलो मात्र नभई संकटमै पर्न सक्छ ।

ट्रयाकटेबल इन्जिनियरिङलाई विश्व बैंकले कालो सूचीमा राखेको छ । इन्टर अमेरिकन डेभलपमेन्ट बैंक (आइडीबी) सन् २०२१ मा अनियमितता र भ्रष्टाचारको अभियोगमा ४६ महिनासम्म कुनैपनि ठेक्कासम्बन्धी गतिविधिमा संलग्न हुनबाट रोक लगाएको छ । आइडीबीको परियोजनामा उक्त कम्पनी प्रतिबन्धित छ ।

हैटीको ट्रान्समिसन लाइन पुर्ननिर्माणको १३ लाख ५० हजार यूरोको ठेक्कामा भ्रष्टाचारको संलग्नता ठहरिएको थियो । त्यसपछि ट्रयाकटेबल इन्जिनियरिङ एस.ए.२३ डिसेम्बर २०२१ देखि २८ सेप्टेम्बर २०२५ सम्म कुनैपनि ठेक्कासम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने गरी कालो सूचीमा परेको छ । भारतमा ट्रयाकटेबल इन्जिनियरिङ सदाका लागि प्रतिबन्धित भइसकेको छ । कार्य प्रगतिको गलत विवरण पेश गरेको पाइएपछि भारतको सीबीआइले नै छानविन गरेर सदाका लागि प्रतिबन्ध लगाउन त्यहाँको ग्रामिण जलविद्युत कर्पोरेशन आरइसीलाई निर्देशन दिएको थियो । त्यसपछि सदाका लागि प्रतिबन्धित उक्त कम्पनी अदालत पुगेपनि उसको विपक्षमा फैसला आयो । सन् २०२२ यता उक्त कम्पनी भारत छिर्न नपाउने गरी निष्काशित भएको छ । यही कम्पनी नेपाल छिरेको छ अहिले ।

ट्रयाकटेबल इन्जिनियरिङलाई एशियाली विकास बैंक एडीबीले पनि सन् २०२२ यता प्रतिबन्ध लगाएको छ । एशिएन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले पनि सन् २०२७ को सेप्टेम्बर २८ सम्म प्रतिबन्ध लगाएको छ । अब उसले उक्त बैंकले लगानी गरेका कुनैपनि परियोजनामा सहभागिता जनाउन पाउँदैन । यसरी सँसारका धेरै देश र प्रतिष्ठित बैंकहरुबाट ट्रयाकटेबल प्रतिबन्धित भइसकेको छ ।

यही विवादास्पद कम्पनी विभिन्न देश र वित्तिय संस्थाबाट प्रतिबन्धमा परेपनि नेपालमा भने परामर्शदाता छनोट गर्न खोजिनुलाई गम्भीरताका साथ लिइएको छ । यसका पछाडि ठूलै स्वार्थी समूहको भूमिका रहेको बुझिएको छ । ५ अर्ब नेपाली रुपैयाँभन्दा बढीको परामर्शदाता छनोटको ठेक्कामा कमिशनको ठूलै चलखेल भइरहेको छ । यसले देशको गौरवशाली आयोजना माथिल्लो अरुण नै संकटमा पर्न सक्ने देखिएको छ ।

ट्रयाकटेबल इन्जिनियरिङले भारत, हैटीलगायत विभिन्न देशमा काम गर्न नसकेको र बिगारेको तथ्यहरु उजागर छन् । तैपनि, उसले नेपालमा अधिकारीहरुलाई कमिशन दिएर परामर्शदाता छनोट हुन खोजेको छ । हैटीमा उसले यसरी नै कमिशनको खेल खेलेको तथ्य उजागर भएपछि अमेरिकी इन्टर डेभलभमेन्ट बैंकले कालोसूचीमा राखिदिएको हो । नेपाल समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);