अवैध डलरको कारोबार गर्ने श्रेष्ठ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अवैध डलरको कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं,२२ असार । अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका–६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);