एलओडी क्लबका दुवै सञ्चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

एलओडी क्लबका दुवै सञ्चालक पक्राउ

काठमाडौं, २२ असार । नाबालिकालाई क्लबमा प्रवेश दिएको आरोपमा ठमेलको एलओडी क्लबका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार रुदिल बल्लाभ श्रेष्ठ पक्राउ परेका हुन् भने बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परिसकेका छन् । उनीहरुलाई बालबालिका सम्बन्धि ऐन २०७५ उल्लंघन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

क्लब(लर्ड अफ ड्रिंक्स) मा पुुगेकी नाबालिका बलात्कार गरेको आरोपमा पोखरा घर भएका सुदनबहादुर कोइराला पक्राउ परिसकेका छन् । गत जेठ ३० गते कोइरालाले आफ्नो गाडीमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
नाबालिकाको परिवारले गत जेठ ३१ गते प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले एलओडीका संचालकहरुलाई समेत पक्राउपुर्जी जारी गरी खोजिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);