कोशीको मुख्यमन्त्री बने उद्धव थापा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोशीको मुख्यमन्त्री बने उद्धव थापा

काठमाडौं । कोशी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका हुन् ।

गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । तर, सभामुख जोडेर बहुमत पु¥याउन नहुने एमालेले बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);