ओलीले भने– हामीलाई प्रधानमन्त्रीको स्पष्टिकरण होइन् राजीनामा चाहिएको छ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

ओलीले भने– हामीलाई प्रधानमन्त्रीको स्पष्टिकरण होइन् राजीनामा चाहिएको छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनु भएको छ ।

राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो ।

प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टिकरण नभई राजीनामानै आफ्नो पार्टीलाई चाहिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन । नराम्रो गर्दैगर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधिनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनु भयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले स्पष्टिकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टिकरण होइन् राजीनामा चाहिएको छ ।’

त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकीर समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);