वार्षिक उत्सवमा रक्तदान, ४८ पिन्ट रगत संकलन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

वार्षिक उत्सवमा रक्तदान, ४८ पिन्ट रगत संकलन

काठमाडौं । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान कार्यक्रम गरिएको म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको अध्यक्ष दिलकुमारी राम्जाली गर्बुजाले बताउनु भयो ।

उक्त कार्यक्रममा ४८ जनाबाट ४८ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा ताहाचलले जनाएको छ ।

उपत्यका भित्र अस्पतालमा उपचार गराई रहेका विरामीलाई रगत अभाव भन्दै २१औं वार्षिक उत्सव देखि म्याग्दी मगर समाज काठमाडौं उपत्यकाले रक्तदान गर्दै आईरहेको छ । सो समाजमा करिव ४ सय म्याग्दीका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने मगरहरु अवद्ध छन् ।

कार्यक्रम ललितपुर महानगर पालिका ४ नम्बर वडाका वडा सदस्य सुर्यकुमार रानाको प्रमुख आतित्थ्यता, म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको अध्यक्ष डिलकुमारी राम्झाली गर्बुजको अध्यक्षता, सचिव मनबहादुर पुनको सञ्चालन र संस्थाका संस्थापक अध्यक्ष चित्रबहादुर पुनको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);