प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयोः महेश बर्तौला | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयोः महेश बर्तौला

काठमाडौं । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ ।

बुधवार बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताउनुभएको हो । उहाँले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसावले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमान माथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसदमा भुमिका निर्वाह गर्नेछौँ । संसदमा जोडदार साथ राख्ने । प्रधानमन्त्रीको निजि विषय होइन । देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकोले बैठक अवरुद्ध हुनसक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसावले, सबै हिसाबले उहाँले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार सबै हिसावले गुमाएको परिस्थिति देख्छौँ ।’

उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोधमा एमाले संसदमा कडा ढंगले प्रश्तुत हुनेपनि स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);