बालिका बलात्कार गर्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

बालिका बलात्कार गर्ने २ जना पक्राउ

रूपन्देही,१९ असार । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सियारि गाउँपालिका–४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजन सोमबार बिहान पक्राउ परेका हुन् । हरिजनले ती बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
हुम्ला, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका–३ फडेरा गाउँ बस्ने २७ वर्षीय जनक बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामको शिलशिलामा बुबासँगै उक्त गाउँमा गएकी ती बालिकालाई शनिबार राति जनकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);