अमेरिकामा सामूहिक गोली चल्दा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

अमेरिकामा सामूहिक गोली चल्दा ४ जनाको मृत्यु

एजेन्सी, १९ असार । अमेरिकाको फिलाडेल्फिया सहरको किङ्स्किङमा सोमबार राति सामूहिक गोली प्रहारको घटना सार्वजनिक भएको छ । गोली लागेर ४ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ ।

फिलाडेल्फिया इन्क्वायररका अनुसार पक्राउ परेका संदिग्धले बुलेटप्रुफ भेस्ट लगाएका थिए। उनीहरुसँग एक राइफल, एक ह्यान्डगन र धेरै म्यागजिनहरू थिए । यद्यपि उनीहरुले गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

बीबीसीका अनुसार सोमबार राति करिब ८ः३० बजे एक प्रहरी अधिकारीले साउथ ५६औं स्ट्रिट र चेस्टर एभिन्यूमा गोली चलेको सुने र एक जना घाइते भएको देखे। यसपछि कैयौँ मानिसले उक्त क्षेत्रमा राइफल लिएर एकजना मानिस आएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ४ जनाको शव फेला पारेको थियो । यसबाहेक त्यहाँ उपस्थित घाइतेहरूलाई तत्काल प्रेस्बिटेरियन मेडिकल सेन्टर लगियो।
फिलाडेल्फियामा सोमबार भएको गोलीकाण्डमा उक्त क्षेत्रमा रहेको कारको विन्डशिल्डमा पनि गोली लागेको थियो।

हाल प्रशासनले शूटिंग क्षेत्र वरपरका मानिसहरूलाई सतर्क रहन र स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म घरभित्रै बस्न सल्लाह दिएको छ। यस वर्ष हालसम्म फिलाडेल्फियामा २१२ जनाको हत्या भएको छ । तर, यो गत वर्षको तुलनामा १९ प्रतिशतले कम हो ।

गन वाइलेन्स आर्काइभ रिपोर्टका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ३ सयभन्दा बढी सामूहिक गोलीकाण्डका घटना भएका छन् । सन् २००६ देखि अमेरिकामा सामूहिक हत्याका ५५६ भन्दा बढी मुद्दा दर्ता भएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);