अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८१, बुधवार

अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दाङ साविक उरहरी गाबिस ८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका ५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नविन बस्नेत समेतका प्रतिवादीहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका ५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी दाङ तुलसीपुर नगरपालिका ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेको अपहरण तथा जबरजस्ती करणी मुद्दामा घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);