कानुन व्यवसायीहरुले आज ललितपुरमा विरोध सभा गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कानुन व्यवसायीहरुले आज ललितपुरमा विरोध सभा गर्ने

काठमाडौं, १८ असार । कानुन व्यवसायीहरुले आज ललितपुरमा ११ बजे विरोध सभा गर्ने भएका छन् । ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले हातपात गरेको भन्दै हिरासतमा लिएपछि कानुन व्यवसायीहरु पनि आन्दोलित भएका हुन् ।

लामिछाने आइतबार रिहा भएका छन् । उनी रिहा भएपनि नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ ।

गत असार १३ गते नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु आन्दोलनस्वरुप ३ घण्टा काम नगरी विरोध जनाएका थिए ।

विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई साधारण तारेखमा रिहा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);