मुग्लिन–नारायणगढ सडकखण्ड फेरि पहिरो,पहिरोमै ट्रक पल्टियो, यात्रुहरुको बिजोग | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि पहिरो,पहिरोमै ट्रक पल्टियो, यात्रुहरुको बिजोग

narayan ghat muglin

चितवन, १८ असार । पटकपटक बन्द हुँदै आइतबार साँझ खुलेको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको प्रहरीले जनाएको छ ।

त्यतिमात्र होइन पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । यात्रुहरु अलपत्र परेका छन् । प्रहरीको अनुसार ट्रक चालक सामान्य घाइते भएको र उनको मुग्लिनमा उपचार भइरहेको छ ।

पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको पनि दुई तर्फी सडक खुलाउनका लागि ट्रक हटाउनुपर्ने हुन्छ । ट्रक उठाउने क्रेनलाई बोलाइएको छ ।

यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो ।

File photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);