ललिता निवास प्रकरणमा कसले कति घुसबापत जग्गा लिए ? | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

ललिता निवास प्रकरणमा कसले कति घुसबापत जग्गा लिए ?

काठमाडौं, १७ असार । चर्चित ललिता निवास सरकारी जग्गा प्रकरणबारे अहिले चर्चा चुलिएको छ । किर्ते कागजात खडा गर्ने बिचौलिया तथा कर्मचारीले घुसबापत मात्र २२ रोपनी जग्गा लिएको खुलासा भएको छ ।

डिल्लीबजार मालपोतका प्रमुख स्व.मुकुन्दप्रसाद आचार्यले १ रोपनी ससुरा बैकुण्ठ शर्मा रेग्मीका नाममा लिएको खुलासा भएको छ । प्रमुुख मालपोत अधिकृत प्रेमबहादुर खापुङले ३ रोपनी १ आना २ पैसा जग्गा पत्नी खिमादेवी आङबुहाङ र भिनाजु मोहनप्रसाद भट्टराईको नाममा १ रोपनी १४ आना २ पैसा र सालाबुहारी शशिकला सुब्बाका नाममा १ रोपनी ३ आना जग्गा लिएको पृष्टि भएको छ ।

त्यसैगरी, योजना आयोगका तत्कालिन शाखा अधिकृत गेहनाथ भण्डारीले श्रीमती भवनकुमारी चापागाई र सासु सोदाकुमारी चापागाईको नाममा १० आना जग्गा पास गराएका थिए । यस्तै, भक्तपुर मालपोतका तत्कालिन शाखा अधिकृत सुधीरकुमार शाहले ५ रोपनी २ पैसा २ दाम पत्नी उर्मिला शाहको नाममा पास गराएको देखिएको छ । त्यस्तै, डिल्ली बजार मालपोतका खरिददार युक्तप्रसाद श्रेष्ठले बहिनी निर्मलादेवी श्रेष्ठको नाममा १ रोपनी १३ आना जग्गा पास गरेका थिए ।

डिल्लीबजार मालपोतका नासु जगतप्रसाद पुडासैनी, प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र खरिदार युक्तप्रसाद श्रेष्ठले ८ रोपनी २ आना २ पैसा आफन्तको नाममा संयुक्तरुपमा पास गराएका थिए ।

समरजंग कम्पनीका सहलेखापाल बिनोदप्रसाद पौडेलले पत्नी विद्या गौतम पौडेलको नाममा १४ आना जग्गा पास गराएका थिए । त्यसैगरी, विचौलिया रामकल्याण अधिकारी र रामनाथ घिमिरेले २ रोपनी १२ आना र ३ रोपनी ४ आना जग्गा पास गराएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);