मलाइकाको यी बानी अर्जुनलाई पटक्कै मन पर्दैन् | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

मलाइकाको यी बानी अर्जुनलाई पटक्कै मन पर्दैन्

एजेन्सी, १४ असार । बलिउड अभिनेता अर्जुन कपुर र मलाइका प्रायः आफ्नो सम्बन्धका कारण चर्चामा आउने गरेका छन् । दुवैजना प्रायः सँगै छुट्टी मनाउँदै गरेको देखिन्छ । अर्जुन र मलाइकाको उमेरमा ठूलो अन्तर हुन सक्छ तर उनीहरु आफ्ना फ्यानलाई जोडी गोल दिइरहेका देखिन्छन् ।

जहाँ अर्जुन कपुर ३८ वर्षका भइसकेका छन् । मलाइका अरोरा ४९ वर्षकी भएकी छिन् । उनीहरुको बिहेको खबर पनि प्राय हेडलाइनमा आउने गर्छ । नेहा धुपियाको च्याट शो ’नो फिल्टर’ मा अर्जुन कपुरसँग विवाह गर्ने बारे कुरा गर्दै मलाइका अरोराले भनिन्, “हाम्रो सपनाको विवाह समुद्र तटमा हुनेछ र सेतो विवाह समारोह हुनेछ।“ म विवाहमा एली साब गाउन लगाउन चाहन्छु।

मलाइकाले थप भनिन्, ‘मेरी ब्राइड्समेड मात्र मेरो गर्ल ग्याङ हुनेछन् र वाहबिज मेहता मेरो बेस्ट वुमन हुनेछिन् । मलाई ब्राइड्समेडको अवधारणा मन पर्छ। अर्जुनको बारेमा कुरा गर्दै मलाइकाले भनिन्, ‘म उनको राम्रो तस्बिर खिच्न सक्दिनँ, उनले मेरा उत्कृष्ट तस्विरहरू क्लिक गर्छन् ।’

अर्जुन कपूर पछिल्लो पटक फिल्म ‘कुटे’ मा देखिएका थिए । अर्जुनसँग अहिले धेरै प्रोजेक्टहरू छन्। उनी छिट्टै फिल्म ‘लेडी किलर’ मा देखिदैछन् ।

Leave a Reply