बुधबार १५.७८ अंकले ओरालो लाग्याे नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

बुधबार १५.७८ अंकले ओरालो लाग्याे नेप्से

काठमाडौं, २६ पुस । बैंकहरुको लिक्विडिटीको समस्यालाई समाधान गर्न राष्ट्र बैंकले केही पूँजी परिचालन गर्ने भनिए पनि सम्भव नहुने देखिएपछि यसको असर बुधबारको शेयर बजारमा देखिएको छ । बैंकहरुको तरलता समस्या समाधान हुने भनिएसँगै बजार केही उकालो लागेको भए पनि बजार बन्द हुँदा १५.७८ अंकले ओरालो लागेको हो।

नेपाल राष्ट्र बैंकको बैंकिङ तरलता समाधान गर्ने च्याप्टर क्लोज भएसँगै बुधबारको कारोबार ओरालो लागेको नेपाल इन्भेष्टर संघका पूर्व अध्यक्ष आत्मराम घिमिरेले बताए। एभरेष्ट इन्स्योरेन्सको कारोबारले पनि बजारलाई ओरालो झर्न मद्दत गरेको उनको भनाई छ। बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्। बजारमा सर्ट टर्म कारोबार गर्ने लगानीकर्ता धेरै भएको हुँदा पाँच दिनदेखि बढ्दै आएको बजार स्वाभाविक रुपमा घटेको उनले बताए।

बुधबार १.०८ प्रतिशतले बजार ओरालो लाग्दा ३७ करोड ४८ लाख रुपैयाँको मात्र कारोबार भएको छ। सबै सूचक तथा उपसूचक ओरालो लागेका छन्। आज वाणिज्य बैंक १०.८२ अंकले ओरालो लागेको छ त्यस्तै ट्रेडिङ ०.८४, होटल २०.२८, विकास बैंक ११.४८, हाइड्रोपावर ७.९४, फाइनान्स ०.५१, इन्स्योरेन्स १६९.८२, उत्पादन तथा प्रशोधन २७.८९, अन्य ७.४४ र माइक्रोफाइनान्स २३.८७ अंकले ओरालो लागेको छ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी तीन करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ। फर्वार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर धनीले ५.१६ प्रतिशतले कमाएका छन्। पुष १९ गते देखि बढ्दै आएको बजार बुधबार ब्रेक लागेको हो। पाँच दिनमा बजार ३९.४६ अंकले उकालो लागेको थियो।

ताजा समाचार