काठमाडौं । निर्वाचन कार्यालय जिल्ला प्रशासन मातहत राख्ने निर्णय नसच्याइएकोभन्दै विपक्षी दलहरुले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
प्रतिपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले अवरोध गरेपछि बैठक केहीबेरका लागि स्थगित भएको छ । बजेट आजै पारित गर्ने कार्यसूची रहेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले हिजोकै बैठकमा निर्वाचन कार्यालय अलगै रहने व्यवस्था मिलाउने आवश्वासन दिंदै बजेट पारितका लागि सहयोगका लागि आग्रह गर्नुभएको थियो । तर, आजको बैठकमा विपक्षी दलहरुले आश्वासनले मात्र नहुनेभन्दै बैठक चल्न दिएनन् ।