काठमाडौं, १३ असार । आज सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्दैछ । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ ।
बैठक आज बिहान साढे १० बजे संसद भवनमा बस्नेछ । जसपाले बजेटमा समावेशी नभएको भन्दै संशोधन बिना पास गर्न नदिने बताउँदै आएको छ ।