काठमाडौं, १३ असार । आज पनि संसद बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक डाकिएको हो ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यसूची रहेको छ ।
जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।