काठमाडौं । संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि अन्डर सेक्रेटरी जनरल, जीन पियरे ल्याक्रोक्सले आज प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यसैगरि, नेपालका लागि म्यानमारका गैर आवासीय सैनिक सहचारी ब्रिगेडियर जनरल ये टटले प्रधान सेनापति महारथी शर्मासँग आजै शिष्टाचार भेटघाट गरेका छन् ।
उक्त दुवै भेटघाटमा आपसी चासोका विषयहरुमा छलफल भएको बताइएको छ ।