काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५६.९४ अंक बढेको छ । २.६७ प्रतिशतले बढेसँगै परिसूचक २१८६ को विन्दुमा पुगेको छ । आज कारोबार रकममा पनि सोमबारको तुलनामा वृद्धी भएको छ । आज ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो । १८७ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो भने ४ को स्थिर रहृयो ।
आज प्राय सबै समुहहरुमा वृद्धी देखिएको छ । विषेश गरि आज बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण रहेको देखियो । कारोबार रकमका आधारमा स्वाभिमान लघुवित्त, शिवम् सिमेन्ट, सोल्टी होटल, आईजीआई प्रुडेन्सियल र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
आज २५ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धी देखिएको छ भने १८ कम्पनीको मूल्य ९ प्रतिशतले बढेको छ ।