बजेटमा असन्तुलन हुन गएको छः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

बजेटमा असन्तुलन हुन गएको छः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०÷८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो । उहाँले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो । उहाँले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताउनु भयो ।

उहाँले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताउनु भयो । मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताउनु भयो । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको छ बताउनु भयो । उहाँले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);