केदारनाथ ट्र्याकमा खच्चरलाई जबरजस्ती चुरोट खुवाउने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

केदारनाथ ट्र्याकमा खच्चरलाई जबरजस्ती चुरोट खुवाउने पक्राउ

एजेन्सी, ११ असार । केदारनाथ जाने बाटोमा दुई युवकले खच्चरलाई जबरजस्ती चुरोट खुवाएको भिडियो भाइरल भएको छ । सो सम्बन्धमा कारबाही गर्दै सोनप्रयाग प्रहरीले खच्चर मालिकलाई पक्राउ गरेको छ । घटना छोटी लिञ्चोली नजिकै थारु क्याम्पमा भएको हो । खच्चर मालिक विरुद्ध भारतीय दण्ड संहिता र पशु क्रूरता रोकथाम ऐनको प्रासंगिक धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

भाइरल भिडियोमा दुई युवकले खच्चरलाई जबरजस्ती चुरोट तानिरहेको देखिन्छ । भिडियो सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जाल प्रयोगकर्तादेखि लिएर रविना टण्डनजस्ता सेलिब्रेटीहरूले पनि यसलाई क्रूरता भनेका छन् । पशु प्रेमीहरूले यो भिडियोलाई सामाजिक सञ्जालमा सेयर गर्दै खच्चरको इन्द्रिय सुन्न पारेर कडा मेहनत गर्न बाध्य पारेको अनुमान गरेका छन् । (घोडा र खच्चरहरू तीर्थयात्रीहरू र तिनीहरूका सामानहरू ट्र्याकमा हिमालयको तीर्थमा लैजान प्रयोग गरिन्छ।)

रुद्रप्रयाग प्रहरीले भिडियो जाँच गर्दा केदारनाथ जाने १६ किलोमिटरको पदयात्रामा हालै छोटी लिञ्चोली नजिकै थारु क्याम्पमा घटना भएको पत्ता लागेको बताए । यस सम्बन्धमा खच्चर मालिक राकेश सिंह रावतलाई पक्राउ गरिएको उनले बताए ।

राकेश विरुद्ध भारतीय दण्ड संहिता र पशु क्रूरता रोकथाम ऐनको प्रासंगिक धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अहिले चुरोटमा गांजा भरिएको थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको छ । केदारनाथ यात्रा २६ अप्रिलबाट सुरु भएको थियो र प्रहरीले दुई महिनामा घोडाहरूलाई क्रूरताको १४ मुद्दा दर्ता गरेको छ।

केदारनाथ धामका तीर्थ पुरोहित तथा चारधाम महापञ्चायतका उपाध्यक्ष सन्तोष त्रिवेदीले मन्दिरमा दान गरेको २३ दशमलव ७८ किलो सुन चोरी भएको आरोप लगाएका छन् । यो सुन मन्दिरको गर्भगृहको पर्खालमा तहको रूपमा लगाइएको थियो, जुन मुम्बईका एक व्यापारीले दान गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);