बारा, २६ पुष । पथलैयास्थित गढीमाई साझेदारी वन व्यवस्थापन समूहले बाराका १५ वटा गाउँमा दाउरा वितरण गरेको छ । शितलहर र हुस्सुले जनजीवन प्रभावित बनेपछि वन समूहले चोक–चोकमा आगो ताप्ने प्रबन्ध मिलाउन जितपुर, नितनपुर, विश्रामपुरलगायतका गाउँमा ४० क्विन्टल मुढा तथा दाउरा वितरण गरेको हो ।
चिसो बढेयता जिल्ला वन कार्यालय बाराले पनि ५० चट्टा दाउरा वितरण गरेको छ । सामुदायिक तथा साझेदारी वनबाट दाउरा ल्याएर गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको हो ।