यसरी मनाइयो ओलम्पिक दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

यसरी मनाइयो ओलम्पिक दिवस मनाइयो

काठमाडौं । विविध कार्यक्रम आयोजना गर्दै ओलम्पिक दिवस मनाइएको छ ।

शुक्रवार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा मनाइएको ओलम्पिक दिवस मनाइएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत रहेको स्पोटर््स फर अल कमिसनको आयोजनामा विविधि कार्यक्रम गर्दै ओलम्पिक दिवस मनाइएको हो । सो अवसरमा बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र करातेका खेलाडीले प्रदर्शनी खेल प्रश्तुत गरिएका थियो । विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य प्रश्तुत गरेका थिए ।

सो अवसरमा नेपालबाट विभिन्न संस्करणको ओलम्पिकमा सहभागिता जनाएका ओलम्पियनलाई सम्मान पनि गरिएको थियो । त्यसअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा झण्डोतोलन गर्नुभएको थियो ।

एनओसीकी उपाध्यक्ष ज्योति राणाले ओलम्पिक झण्डा झण्डोतोलन गर्नुभएको थियो । त्यसअघि ओलम्पिक दिवसकै अवसरमा एनओसीको तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसन, एनओसीको सक्रियतामा देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);