कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दुतावासले शुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताउनु भयो । उहाँले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने कामगर्ने बताउनु भयो । उहाँले कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कला वास्तवमा जीवनको विभिन्न आयामहरुको प्रतिविम्व हो । यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ । यसको आफ्नै महत्व छ । जीवनको अभिन्न पक्ष हो कला ।’
मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिनेछ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);