काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झिँनो अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आजको सबैभन्दा धेरै कमाउनेमा तारागाउँ होटल र ओरेन्टल होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। सिटिजन म्युचुअल फण्ड र ईङ्वा हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्र स्थानमा छ भने दोस्रोमा हिमालयन डिस्टिलरी र शिभम् सिमेन्टको कारोबार भएको छ।




