सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार

एजेन्सी,२६ पुष । उत्तर र दक्षिण कोरियाली सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार, सीमा क्षेत्रलाई परमाणु मुक्त बनाउनेबारे ठोष सहमति भने बन्न सकेन

दुई कोरियाबिच मंगलबार पछिल्लो दुई वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता भएपछि दुई कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि वार्तामा बस्न तयार भएका हुन् । उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आउँदो फेब्रअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो ।

दुई कोरियाका अधिकारीबिच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाईन फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ । तर उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएका छैनन् ।

संयुक्त राष्ट्रसंघले दुई कोरियाबिच भएको छलफलको स्वागत गरेको छ । यस्तै अमेरिकी विदेश मन्त्रालयका अधिकारी भने दक्षिण कोरियाका अधिकारीसँग विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताले उसमाथि लाग्दै आएको प्रतिबन्ध उल्लंघन हुने नहुने विषयमा परामर्शमा छ ।