ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा चाहियो, विचारणीय पक्ष छः सांसद बडू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा चाहियो, विचारणीय पक्ष छः सांसद बडू

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणाीय रहेको उल्लेख गर्नुभयो ।

सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महशुस आफूलाई भएको बताउनु भयो ।

सांसद बडूले छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताउनु भयो ।

Leave a Reply