आदिपुरुष बक्स अफिसमा फ्लप हुँदै,सोमबार ७० प्रतिशतले घट्यो व्यापार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

आदिपुरुष बक्स अफिसमा फ्लप हुँदै,सोमबार ७० प्रतिशतले घट्यो व्यापार

एजेन्सी, ५ असार । प्रभासको मल्टिस्टारर फिल्म ’आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मको भिएफएक्स र संवादलाई दर्शकले मन पराएका छैनन् । चलचित्र समीक्षक होस् वा सर्वसाधारण, सबैले ‘आदिपुरुष’को आलोचना गरिरहेका छन् । फिल्मलाई लिएर कयौं ठाउँमा गुनासो पनि परेको छ तर पनि फिल्मले विश्वव्यापी रुपमा ३४० करोडको कलेक्सन गरेको छ । तर, अहिले यो फिल्म भारतीय बक्स अफिसमा असफल भएको देखिन्छ ।

बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार सोमबार फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको हो । रिपोर्टका अनुसार सोमबार फिल्मको कलेक्सनमा ७० देखि ७५ प्रतिशतले कमी आएको छ । यस अनुसार ‘आदिपुरुष’ ले चौथो दिन झण्डै ८ देखि ९ करोड मात्रै कमाउन सक्यो ।

आदिपुरुषलाई लिएर चलिरहेको विवादका बीच निर्माताले ठूलो कदम उठाएका छन् । फिल्म रिलिज भएको तीन दिनभित्र निर्माण पक्षले फिल्मको विवादित संवाद परिवर्तन गर्ने निर्णय गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार संवादलाई पुनःलेखन र पढ्ने काम पनि सुरु भएको छ । नयाँ संवाद सहितको चलचित्र ३ दिनमा हलमा देखिनेछ ।

फिल्मका संवादलाई लिएर लेखक मनोज मुन्तासिर लगातार ट्रोल भइरहेका छन् । मनोजले सामाजिक सञ्जाल पोस्ट र अन्तर्वार्ता मार्फत आफ्नो स्पष्टिकरण पनि दिएका छन् तर जनताको आक्रोश भने कम भएको छैन । यी सबै बीचमा मनोज मुन्ताशिरले मुम्बई प्रहरीसँग आफ्नो सुरक्षा मागेका थिए र प्रहरीले पनि उनलाई सुरक्षा दिएको थियो । फिल्ममा प्रभासका अलावा कृति सेनन, सैफ अली खान, देवदत्त नागे, सन्नी सिंह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

Leave a Reply