विश्वकप छनोटः नेपाल भोली अमेरिकासँग भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

विश्वकप छनोटः नेपाल भोली अमेरिकासँग भिड्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले भोली अमेरिकासँग खेल्दैछ ।

खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ

हालसम्म नेपाल र अमेरिकाबीचमा ६ ओडिआई खेलमा भेट भएको छ । ६ भेटमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ । दुईबीचको एक खेल भने टाई भएको छ । यसरी हेर्दा अमेरिकामाथि नेपाल हाबी देखिन्छ ।

नेपालले पहिलो खेलमा जिम्बाबेसँग खेलेको थियो । खराब बलिङका कारण नेपालले पहिलो खेलमै ८ विकेटको हार ब्यहोरेको थियो । मंगलबार भने नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);