काठमाडौं, ३ असार । साओमीले नेपाली बजारमा दुई नयाँ डेस्कटप मोनिटर सार्वजनिक गरेको छ । कम्पनीले २३.८ इन्चको वानसी मी डेस्कटप मोनिटर र २७ इन्चको मी डेस्कटप मोनिटर भित्राएको हो ।
यी दुवै मोनिटरमा आईपीएस फुल एचडी डिस्प्ले उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यसमा भएको १७८ डिग्री भ्युइङ फिचरले काम र मनोरञ्जन दुवैको लगि उत्कृष्ट अनुभव दिने छ ।
साओमीका अनुसार व्यावसायिक डिजाइन, गेमिङ, मल्टिमिडिया जस्ता सबै कामका लागि यी मोनिटरले उच्चस्तरीय अनुभव प्रदान गर्नेछ । मी २३.८ इन्चको मोनिटरमा ६० हर्जको रिफ्रेसरेट छ भने मी डेस्कटम मोनिटर २७ इन्चमा ७५ हर्जको रिफ्रेसरेट उपलब्ध छ ।
मी २३.८ इन्च डेस्कटप मोनिटर वानसीमा थ्रीसाइड बोर्डरलेस स्क्रिन उपलब्ध छ । अल्ट्रा–स्लिम बडी र पातलो ७.३ एमएम मोटाइ रहेको यो मोनिटरले डेस्क स्पेस बचाउने कम्पनीको दाबी छ ।
यस्तै मी डेस्कटप मोनिटर २७ इन्चमा पनि थ्रीसाइड बोर्डरलेस स्क्रिन दिइएको छ, जसको मोटाइ ७.५ एमएम छ । यसको अल्ट्रास्लिम डिजाइनले प्रयोगकर्तालाई घर वा कार्यालय जता पनि सहज रुपमा काम गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
यी दुवै मनिटरमा एडजस्टेबल स्ट्यान्ड छ । वानसी मोनिटरलाई १५ डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ भने मी डेस्कटप मोनिटरलाई २१ डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ ।
नेपाली बजारमा मी २७ इन्चको मूल्य २२ हजार ९९९ रुपैयाँ छ भने मी २३.८ इन्चको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।