चर्चित गायक तथा मोडल चक्र बम र मिस पविले लिएर आए ‘छमकलि छमछम’ | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

चर्चित गायक तथा मोडल चक्र बम र मिस पविले लिएर आए ‘छमकलि छमछम’

काठमाडौं, ३ असार । सुदुरपश्चिमका चर्चित लोक दोहोरी तथा देउडा गायक एवं मोडल चक्र बमको नयाँ गीत ‘छमकलि छमछम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बमकै शब्द तथा लय रहेको गीतको म्युजिक भिडियो बुधबार उनकै अफिसियल युट्युब च्यानल ‘सानी माया टिभी’ बाट सार्वजनिक गरिएको हो ।

गायक बमलाई माया धामीले स्वरमा साथ दिएकी छन् । उक्त गित गायक बमले देउडा भाकामा बजारमा ल्याएका हुन् ।

बमले मेला, बिबाह, चाडपर्वमा खेलिने देउडाको लयमा सो गित बजार ल्याएका बताउँछन् । उक्त गितको म्युजिक भिडियोमा टिकटकबाट चर्चामा आएकी मिस पबीको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);