तीज गीतकाे म्यूजिक भिडियाे ‘श्रीमानज्यू’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

तीज गीतकाे म्यूजिक भिडियाे ‘श्रीमानज्यू’ सार्वजनिक

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा  गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेकाे कार्यक्रमसहित  म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रमेश परियारको शब्द र संगीत रहेको गीतमा स्वयं परियारले आवाज दिनुभएको छ ।

कार्यक्रममा उपस्थित कलाकारहरुले पछिल्लो समय तीज गीतको नाममा उच्छृङ्खलता गीत बढेको भन्दै कलाकारहरु अनुशासित हुन जरुरी रहेको धारणा राखेका छन् । कार्यक्रममा बोल्दै गायक पशुपति शर्माले नराम्रो गीत गाएर क्षणभरका लागि व्यक्तिगत लाभ भएपनि कला क्षेत्रमा लामो समयसम्म रहिरहन नसकिने बताउनुभयो ।

गायक तथा मोडल शंकर बिसीले समाजमा विकृति फैल्याउने खालका गीतहरुलाई अस्वीकार गर्न दर्शकहरुलाई आग्रह गर्नुभयो । कला र संस्कृतिको संरक्षणमा गीतहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै कला र संस्कृति बोकेका गीतहरुलाई सबैले माया गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा उपस्थित अन्य कलाकारहरुले समेत समाजमा जनचेतना जगाउने र नारी सशक्तिकरणमा सहयोग गर्ने खालका गीतहरु आउनुपर्नेमा जोड दिनुभयो ।

 

Leave a Reply