मेलिना र निशानको “सालघारीमा” अञ्जलिको दमदार अभिनय (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मेलिना र निशानको “सालघारीमा” अञ्जलिको दमदार अभिनय (भिडियो)

धरान । गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन् । राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन् ।

म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङ, ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् । वान पिस स्टुडियो काठमाडौंमा रेर्कडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो । म्युजिक भिडियो इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन् ।

गीतकार राईका अनुसार यो म्युजिक भिडियो निर्माणका लागि मकाउका नेपाली समुदायको सहयोग रहेको छ ।

भिडियो हेरनुहोस् :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);