शताब्दीपुरुष सत्यमोहन जोशीद्धारा अन्तर्मनको सुसेली र क्षितिजपारीमा लोकार्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शताब्दीपुरुष सत्यमोहन जोशीद्धारा अन्तर्मनको सुसेली र क्षितिजपारीमा लोकार्पण

काठमाडौं, २२ फागुन। शताब्दीपुरुष सत्यमोहन जोशीले कवि तथा गीतकार डी पी दाहालको अन्तर्मनको सुसेली पुस्तक र म्याुजिक भिडियो क्षितिजपारीमा लोकार्पण गरेका छन्।

शनिबार एक कार्यक्रमकाबीच शताब्दीपुरुष जोशीले अन्तर्मनका सुसेली पुस्तक र म्युजिक भिडियो क्षितिजपारीमा लोकार्पण गरेका हुन् । समारोहका प्रमुख अतिथि समेत रहेका जोशीले अन्तर्मनका सुसेली भित्रका कविता, गीत, र मुक्तकका बारे संक्षेपमा रमाईलो पारामा प्रस्तुत समेत गरेका थिए । उनले अन्तर्मनका कुरालाई लेखकले न्याय गरेर प्रस्तुत गरेको बताए ।

डिलाईटेड म्युजिक ईण्डष्ट्रीले आयोजना गरेको सो कार्यक्रममा शताब्दीपुरुष जोशी, लोकप्रीय संगितकार शम्भुजीत बास्कोटा, र हालै लामो समयसम्म गीत गाएर बिश्व रेकर्ड बनाएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई लेखक डी पी दाहाल परिश्रमीले सम्मान गरेका थिए ।

कार्यक्रममा लोकार्पण गरिएको क्षितिजिपारीमा गीतका गायक प्रताप दास, गायिका रचना रिमाल, संगीतकार पुरुषोतम न्यौपाने, कलाकार सुधिर श्रेष्ठ, अंशु न्यौपाने लगायत निर्माण टिमका साथै सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । क्षितिजपारीमा गीतको भिडियो डिलाईटेड युट्युब च्यानलबाट बजारमा आईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);