काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गरेका छन् ।
गएराति देखि आएको वर्षा का कारण गएको पहिरोले कोशी प्रदेशमा आतंक मच्चाएको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभामा कयौं मानिसहरु बेपत्ता भएका छन् भने कतिका घरहरु बगाएको छ ।