ताप्लेजुुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८१, शुक्रबार

ताप्लेजुुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता

काठमाडौं, ३ असार । ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् । सिदिङवा गाउँपालिका ६ मेहेदमायादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या, नाती प्रज्वल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

छिमिकी गणेश तामाङ पनि बेपत्ता भएका हुन् । बेपत्ता भएका ४ जनाको खोजी भइरहेको छ ।

प्रहरीको अनुसार गएराति ताप्लेजुङमा ठुलो वर्षा भएको थियो । वर्षासँगै गएको बाढीले दोभान,ढुंगे लगायतका क्षेत्रमा कटान समेत गरेको छ ।

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको जनाइएको छ । file photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);