नेपाल भूराजनीतिक भुमरिमा फस्दैछः डा. शेखर कोईराला | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

नेपाल भूराजनीतिक भुमरिमा फस्दैछः डा. शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले काँग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको बताउनु भयो । उहाँले काँग्रेसले । सिद्धान्तहरुलाई छोड्दै जानु चिन्तको विषय भएको बताउनु भयो । उहाँले कसैले पनि लोकरिजाँईको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने बताउनु भयो । नेता कोईरालाले काँग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महशुस आफूले गरेको पनि बताउनु भयो । उहाँले अहिले कुनैपनि संवैधानिक संस्थाहरुमा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । उहाँले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरित भएको बताउनु भयो ।

नेता कोईरालाले राजनीति देशमा कुनैपनि ठाउँमा राम्रो नरहेको दाबी गर्नुभयो । उहाँले सरकारले संवैधानिक निकायहरु निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानव अधिकार आयोग लगायतका निकायहरुको अधिकार कटौति गर्दासमेत सांसदहरु मौन बसेको बताउनु भयो । उहाँले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनु भयो । उहाँले अदालतका निर्णयहरु सरकारले नमान्ने जस्ता दण्डहीनताका कामहरु गरिरहेको बताउनु भयो । नेता कोईरालाले देश भूराजनीतिक भुमरिमा फस्दै गएको बताउनु भयो ।

नेता कोईरालाले लोकप्रियताको नाममा लोकरिजाँईको राजनीत हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);