रायमाझीको सांसद पद निलम्बन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रायमाझीको सांसद पद निलम्बन

काठमाडौं । एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ ।

नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो ।

फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवा सुविधा समेत रोकिने प्रावधान छ । निलम्बित सांसदको चुनाव क्षेत्रमा अर्को चुनाव भने हुँदैन । सांसद पद रिक्त भएमा मात्र चुनाव हुने प्रावधान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);